काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले संसद् अवरोध गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोज्दै सदनमा विरोध जारी राखेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, ‘मलाई आज गहिरोसँग महसुस भयो आठवटा अध्यादेश सरकारले किन ल्याउनुप¥यो भनेर । संसद् यसै गरी चलेर विगत १० वर्षदेखि हामीले ७२ सालमा बनेको संविधान पछि जति ऐन र कानुनहरू संसद्ले बनाउनुपथ्र्यो, त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ । अहिले संसदीय तमासा हामीले देखाइरहेका छौँ ।’
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शाहले संसदमा आएर जनताका प्रश्नको जवाफ दिनुपर्छ भन्दै विरोध गर्दै आएका थिए । त्यसमाथि आज सांसद खरेलले तमासा देखाएको भनेपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेका थिए ।
त्यसअघि सभामखु डीपी आर्यालले विपक्षी दललाई पेलेरै बैठक अघि बढाएका थिए । विपक्षीको विरोधकाबीच कार्यसूची अनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका सांसद खरेलले सुरूबाटै विपक्षी सांसदहरूलाई आरोपित गर्ने काम गरे ।
उनको भाषण लगत्तै कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए । तर, उनलाई कांग्रेसका प्रमुख सचेतक बासना थापाले रोकिन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend