काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले संसद् अवरोध गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोज्दै सदनमा विरोध जारी राखेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, ‘मलाई आज गहिरोसँग महसुस भयो आठवटा अध्यादेश सरकारले किन ल्याउनुप¥यो भनेर । संसद् यसै गरी चलेर विगत १० वर्षदेखि हामीले ७२ सालमा बनेको संविधान पछि जति ऐन र कानुनहरू संसद्ले बनाउनुपथ्र्यो, त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ । अहिले संसदीय तमासा हामीले देखाइरहेका छौँ ।’
विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शाहले संसदमा आएर जनताका प्रश्नको जवाफ दिनुपर्छ भन्दै विरोध गर्दै आएका थिए । त्यसमाथि आज सांसद खरेलले तमासा देखाएको भनेपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेका थिए ।
त्यसअघि सभामखु डीपी आर्यालले विपक्षी दललाई पेलेरै बैठक अघि बढाएका थिए । विपक्षीको विरोधकाबीच कार्यसूची अनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका सांसद खरेलले सुरूबाटै विपक्षी सांसदहरूलाई आरोपित गर्ने काम गरे ।
उनको भाषण लगत्तै कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ खरेलले यस्तो बोल्दा रोस्ट्रमतिर अघि बढ्न खोजेका थिए । तर, उनलाई कांग्रेसका प्रमुख सचेतक बासना थापाले रोकिन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend