काठमाडौं । सरकारले मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ हजार सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गर्न लागिएको हो ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार मनसुन सुरु हुनासाथ यी सुरक्षाकर्मीहरूलाई आवश्यक क्षेत्रमा खटाइनेछ । यसका साथै विपद्को समयमा तत्काल सहयोग पु¥याउन सम्भावित स्थानहरूमा १४ हजार स्वयंसेवकहरू समेत परिचालन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
विगतका विपद्का घटना र प्रभावका तथ्याङ्कहरूको विश्लेषण गरी क्षति न्यूनीकरण गर्न र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो कार्ययोजना लागू गरिएको हो । प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमको आकलनका आधारमा विभिन्न मन्त्रालय र सुरक्षा निकायहरूको कार्यजिम्मेवारी समेत निर्धारण भइसकेको छ ।
यसैबीच, विपद्को समयमा उद्धार, राहत तथा प्रतिकार्यका कार्यहरूलाई तीव्रता दिन बजेटको समेत व्यवस्था गरिएको छ । हाल जिल्ला, प्रदेश र केन्द्रको विपद् व्यवस्थापन कोषमा गरी कुल ७ अर्ब ५६ करोड रुपैयाँ रकम मौज्दात रहेको छ । यो रकम प्राधिकरणको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरूमा खर्च गरिने उपसचिव केसीले जानकारी दिए ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend