Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै


    सोमबार, जेष्ठ ११ २०८३
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ ।

    यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।

    देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।

    त्यस्तै, काठमाडौं जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पुर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

    देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए । उनी त्यहाँबाट काठमाडौं फर्किएका छैनन् । उनी विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो । तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार