मलंगवा । नेपालबाट चिनियाँ स्याउ, काँक्रा, फर्सीको बियाँ, सुपारी, मरिच, केराउ भारत तस्करी हुने गरेका समाचार त बारम्बार आइरहने गर्दछन् । तर पछिल्ला दिनमा काठको (धूप) नेपालबाट भारतमा तस्करी हुने गरेको खुलासा भएको छ ।
सर्लाहीको फेनरा गुल्म मातहतका नाकाबाट दैनिक रुपमा नेपालबाट धूप भारत तस्करी हुने गरेको समाचार स्रोतले नेपालफेसलाई बताएको छ । नेपालबाट धूप भारत लाने ब्यापारीहरुमा सुरेश चौधरी र बिजय यादव मूख्य रहेका छन् । स्रोतका अनुसार नेपालको धूप भारतमा लाँदा एक किलोमा ८० रुपैयाँ फाइदा हुन्छ ।
२० रुपैयाँ बीओपी र प्रहरी चौकी सेटिङमा लगानी गरी प्रतिकिलो ६० रुपैयाँ फाइदा हुने भएकाले धूप भारततर्फ तस्करी गर्ने समूह सक्रिय रुपमा लागिरहेको छ । सर्लाहीको बरहथवाबाट काठको धूप बोकेको गाडीको स्कर्टिङ गरी बैद्यनाथ चोकसम्म पुर्याउने काम सशस्त्र प्रहरीका सहायक हवल्दार सन्तोष खत्रीले गर्दैआएका छन् । बैद्यनाथ चोकबाट सशस्त्रका अर्का घुमुवा जवान प्रिन्स शर्माले नाका कटाइ भारत पुर्याइदिने गरेका छन् ।
यसअघि घुमुवा सन्तोष खत्रीलाई सर्लाहीको सुरक्षा बेस मनुष्मारामा कार्यरत रहँदा पनि अनियमिततामा मुछिएपछि करेक्सन तालिम गरेर सप्तरी सरुवा भएका थिए ।
दरबन्दी ३९ नम्बर गणमा रहेका खत्री सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बर्दिबासमा कार्यरत इन्स्पेक्टर भोला खत्रीका भतिजा हुन् । करेक्सन तालिम गरी सप्तरीमा पठाएका सन्तोषलाई १० नम्बर गण सर्लाहीमा सुुटुक्क सरुवा गरियो । र, सहायक हवलदार रोशन मिश्र र इन्स्पेक्टर भोला खत्रीको सेटिङमा खत्रीलाई पुनः सुरक्षा बेस मनुष्मारा सर्लाहीमै फर्काइएको छ ।
सशस्त्रको फेनरा गुल्मका इन्चार्ज बिष्णुदत्त अवस्थीदेखि मधुवनी बीओपी इन्चार्ज माधव खत्री हुँदै १० नम्बर गण र बाहिनीसम्म मिलाएर सर्लाहीबाट धूप, स्याउ, कवाडी ब्यापक भारततर्फ तस्करी हुँदैआएको छ ।
नेपालबाट चिनियाँ स्याउ, फर्सीको बियाँ, मदिरा र कवाडीलगायतको भारततर्फ भारततर्फ तस्करी भइरहेकोमा पछिल्ला दिनमा धूपसमेत जाने गरेको तथ्य खुलेको हो ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend