काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशन व्यवस्थापन तथा निर्वाचन सम्बन्धी कामहरू चरणबद्ध रूपमा सम्पन्न गर्ने उद्देश्यले समयसीमा निर्धारण गरिएको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगमार्फत जारी गरिएको कार्ययोजनामा देशभरका सबै जिल्ला तथा प्रदेश संरचनामा निर्वाचन संयन्त्र गठनदेखि प्रतिनिधि छनोटसम्मका प्रक्रिया समेटिएका छन्। महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय गरिएको छ।
कार्यतालिकाअनुसार ७७ जिल्लाका साथै ७ प्रदेश तहमा निर्वाचन समिति गठन गर्ने प्रक्रिया जेठ ७ गतेदेखि सुरु भई जेठ १५ भित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ। संगठनात्मक निर्देशन तथा आवश्यक कागजात वितरणसँग सम्बन्धित कार्य भने जेठ १० भित्र पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, स्थानीय तहदेखि जिल्ला तहसम्मका अधिवेशनका प्रतिवेदनहरू संकलन गर्ने काम जेठ २० गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ। जिल्ला अधिवेशन तथा निर्वाचनसँग सम्बन्धित अन्तिम प्रतिवेदन बुझाउने मिति जेठ ३० गते निर्धारण गरिएको छ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली तयार गरी पेश गर्ने अन्तिम अवधि जेठ २५ गतेसम्म कायम गरिएको छ। यस्तै, प्रदेश अधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय तहमा बुझाइसक्नुपर्ने निर्देशन दिइएको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend