Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ २ हजार ८ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, जेष्ठ १० २०८३
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।

    महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार