काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा फसेका तथा अलपत्र अवस्थामा रहेका ६ सय ८७ नेपालीको उद्धार गरिएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यसबारे जानकारी दिएका हुन् ।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ६ सय ८७ जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो दुई हप्तामा थपिएका ७१ जना रहेका छन् ।
प्रवक्ता क्षेत्रीकाअनुसार कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीको कानुनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाहाका लागि कूटनीतिक प्रयास जारी छ ।
यसैबीच, विदेशमा रहेका नेपालीहरूलाई परामर्श र सहयोग उपलब्ध गराउन मन्त्रालयले ‘मोफा मित्र’ एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरेको छ । व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।
राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ। असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र हाल राहदानी सेवा सुचारु रहेको मन्त्रालयले स्पष्ट पारेको छ। नयाँ प्रणालीमा संक्रमणकालीन अवस्थामा सहजताका लागि पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठ महिनाभित्रै आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।
यसैगरी संयुक्त अधिराज्यकी पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीसँगको भेटवार्ता, एफएटीएफको ‘ग्रे लिस्ट’ बाट बाहिरिने सम्बन्धमा भएका प्रयासहरू तथा विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्टको कार्यान्वयनका विषयमा पनि प्रवक्ता क्षेत्रीले जानकारी गराए ।
मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृङ्खलाको पाँचौँ संस्करण असारमा आयोजना गर्ने तयारी गरेको छ। साथै, सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदामध्ये ११ वटा सम्पन्न भइसकेको जानकारी दिइएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend