Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित


    शुक्रबार, जेष्ठ ८ २०८३
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन भएको थियो ।

    निर्वाचन समितिका अनुसार महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन्।

    महासङ्घमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । त्यस्तै कोषाध्यक्षमा प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए।

    वैद्य ५६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत पाए । त्यस्तै, कोषाध्यक्षमा निर्वाचित भएका प्रधानले ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २५ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार