काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन् । उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन् ।
मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन । विशेष महाधिवेशनजस्ता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदै उनले नेतृत्व सम्हालेको उल्लेख गर्दै उनले लिएका निर्णयहरूलाई दीर्घकालीन सोचसहित हेर्नुपर्ने बताए ।
उनले देशको कमजोर आर्थिक अवस्था, युवाहरूमा बढ्दो निराशा र नेतृत्वप्रति घट्दो विश्वासका बीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु आवश्यक रहेको धारणा राखे । यस्तो अवस्थामा सत्तारूढ दलभित्रैबाट प्रश्न उठाउनु जायज भएको उनले बताएका छन् ।
मिश्रले काँग्रेसलाई पुनः जनविश्वास योग्य बनाउन थापा लागिपरेको उल्लेख गर्दै पार्टीभित्र एकता, पारदर्शिता र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए। पुरानो शैलीमा अडिग रहनुभन्दा समयअनुसार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनका अनुसार अहिलेको विषम परिस्थितिमा काँग्रेसले पुनः अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ। विगतमा लोकतन्त्र स्थापना गरेको जस्तै अब समृद्धिका लागि पनि पार्टीले अग्रसरता लिनुपर्ने उनले बताएका छन्।
मिश्रले अन्त्यमा काँग्रेसका सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न, अग्रजको अनुभव र युवाको ऊर्जा समेटेर काम गर्न आह्वान गरेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend