काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन् । उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन् ।
मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन । विशेष महाधिवेशनजस्ता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदै उनले नेतृत्व सम्हालेको उल्लेख गर्दै उनले लिएका निर्णयहरूलाई दीर्घकालीन सोचसहित हेर्नुपर्ने बताए ।
उनले देशको कमजोर आर्थिक अवस्था, युवाहरूमा बढ्दो निराशा र नेतृत्वप्रति घट्दो विश्वासका बीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु आवश्यक रहेको धारणा राखे । यस्तो अवस्थामा सत्तारूढ दलभित्रैबाट प्रश्न उठाउनु जायज भएको उनले बताएका छन् ।
मिश्रले काँग्रेसलाई पुनः जनविश्वास योग्य बनाउन थापा लागिपरेको उल्लेख गर्दै पार्टीभित्र एकता, पारदर्शिता र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए। पुरानो शैलीमा अडिग रहनुभन्दा समयअनुसार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
उनका अनुसार अहिलेको विषम परिस्थितिमा काँग्रेसले पुनः अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ। विगतमा लोकतन्त्र स्थापना गरेको जस्तै अब समृद्धिका लागि पनि पार्टीले अग्रसरता लिनुपर्ने उनले बताएका छन्।
मिश्रले अन्त्यमा काँग्रेसका सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न, अग्रजको अनुभव र युवाको ऊर्जा समेटेर काम गर्न आह्वान गरेका छन् ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend