तपाईंको अनलाइन न्यूजपोर्टल नेपालफेस डटकममा प्रकाशित ‘स्वास्थ्यका नियुक्तिमा पनि पार्टीकै कार्यकर्ता भर्ति, रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त समाचारमा मेरो नाम, व्यवसायिक पृष्ठभूमि र नेपाल मेडिकल काउन्सिल (NMC) को निमित्त रजिष्ट्रारको जिम्मेवारीलाई जोडेर प्रकाशित गरिएका विवरणहरू पूर्णतः तथ्यहीन, कपोलकल्पित र भ्रामक रहेकाले प्रेस काउन्सिल नेपालद्वारा जारी ‘पत्रकार आचारसंहिता, २०७३ (संशोधन २०७६) को दफा ४ (१४) बमोजिम यो आधिकारिक खण्डन प्रेशित गरेको छु ।
उक्त समाचारमा राजनीतिक पूर्वाग्रह राखी लगाइएका आधारहीन आरोपहरूका सम्बन्धमा आधिकारिक सरकारी तथ्य र स्थापित नजिरहरू निम्न बमोजिम स्पष्ट पार्न चाहन्छु :
१. स्थापित नजिर र कानुनी आधारः समाचारमा ‘काउन्सिलमा निर्वाचित सदस्यलाई रजिष्टारको जिम्मेवारी दिने प्रचलन नै छैन’ भनी गरिएको दाबी पूर्णतः झुटो, पूर्वाग्रही र कानुनी अज्ञानतामा आधारित छ ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा १२ को परिधिभित्र रही, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८३–९–२९ गतेको चलानी नं. १५०० को आधिकारिक पत्र अनुसार, मलाई ‘नेपाल मेडिकल काउन्सिलको सिफारिसमा अर्काे व्यवस्था नभएसम्मका लागि दैनिक कामकाज गर्ने गरी निमित्त रजिष्टारको जिम्मेवारी तोकिएको हो ।
विगतको स्थापित नजिर हेर्ने हो भने पनि, यसअघि २०८० पुसमा काउन्सिलका निर्वाचित सदस्य डा. विश्वराज दवाडीलाई समेत मन्त्रालयले यसैगरी निमित्त रजिस्ट्रारको जिम्मेवारी तोकेको इतिहास स्पष्ट छ । तसर्थ, स्थापित कानुनी व्यवस्था र पूर्व नजिर अनुकूल भएको यस प्रशासनिक कार्यलाई ‘दलीयकरण’ वा ‘नियमविपरीत’ भनी दुष्प्रचार गरिनु नियतवश मेरो व्यावसायिक छविमा आँच पुर्याउने कुत्सित प्रयासमात्र हो ।
२. राजनीतिक आबद्धताको पूर्ण खण्डनः उक्त समाचारमा मलाई ‘रास्वपाको कार्यकर्ता’ भनी कपोलकल्पित आरोप लगाइएको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले आजका मितिसम्म कुनै पनि राजनीतिक दलको सदस्यता लिएको छैन र म कुनै पनि दलमा आबद्ध छैन । म केवल देशभरिका चिकित्सक साथीहरूको लोकतान्त्रिक र व्यावसायिक मतबाट निर्वाचित काउन्सिल सदस्य हुँ । म जस्तो विशुद्ध व्यावसायिक चिकित्सकलाई राजनीतिक दलको ट्याग लगाई मेरो प्रतिष्ठा, इमान र व्यावसायिक तटस्थतामा आँच पुयाउने कुत्सित प्रयास गरिनु निन्दनीय छ ।
३. प्रशासनिक कामकाजको सम्बन्धमा मेरो सरकारी सेवा अवधिमा भएका सरुवा, काज वा कामकाज सम्बन्धी सम्पूर्ण विषयहरू नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रचलित स्वास्थ्य सेवा ऐन, नियम र स्वीकृत प्रशासनिक प्रक्रिया अन्तर्गत नै रहेका छन् । स्थापित प्रशासनिक निर्णय र कानुनी प्रक्रिया बमोजिम भइरहेका कामकाजलाई ‘नियमविपरीत’ भनी प्रमाणित गर्न खोज्नु असत्य छ । ’
४. अमर्यादित भाषाप्रति घोर आपतिः समाचारमा निर्वाचन, निष्ठा र ओहोदालाई लिएर प्रयोग गरिएका अत्यन्तै अमर्यादित, अशिष्ट र पीत पत्रकारिता झल्काउने उपमा तथा शब्दशब्दावलीप्रति मेरो घोर आपत्ति छ । चिकित्सकहरूको लोकतान्त्रिक मत र एउटा चिकित्सकको व्यक्तिगत मर्यादाको उपहास गर्ने यस्ता सस्तो र प्रायोजित भ्रामक भाष्यको म पूर्णरूपमा अस्वीकार र खण्डन गर्दछु ।
सञ्चारमाध्यमले कुनै पनि समाचार प्रकाशन गर्नुपूर्व सम्बन्धित पक्षको भनाइ लिनुपर्ने पत्रकारिताको विश्वव्यापी स्थापित मान्यता र प्रेस काउन्सिलको आचारसंहितालाई समेत बेवास्ता गरी एकतर्फी रूपमा मेरो व्यक्तिगत र व्यवसायिक प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सम्प्रेषण गरिएको यस भ्रामक समाचारलाई तत्काल सोही स्थानमा प्राथमिकताका साथ हटाई र सच्याई यो खण्डन पत्र प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछु । अन्यथा, झुटा र मनगढन्ते समाचार मार्फत् सामाजिक र व्यावसायिक मानहानी गरेको कसुरमा प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ एवं पत्रकार आचारसंहिता तथा अन्य प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्न बाध्य हुने जानकारी समेत गराउँदछु ।
डा. दीपेन्द्र पाण्डे, निर्वाचित सदस्य/निमित्त रजिष्टार नेपाल मेडिकल काउन्सिल
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend