Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री उपस्थित नभए संसद् बहिष्कार गर्ने हर्क साम्पाङको चेतावनी


    बिहिबार, बैशाख ३१ २०८३
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)छलफलमा सहभागी नभए पनि जवाफ दिने क्रममा संसदमा उपस्थित हुने अपेक्षा गरेको बताए ।

    साम्पाङले प्रधानमन्त्री अनुपस्थित रहे आफ्नो दल संसद् बैठकबाट बाहिरिने चेतावनीसमेत दिए । उनका अनुसार सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर अन्य व्यक्तिबाट सुन्ने अवस्था स्वीकार्य नहुने बताए ।

    उनले सरकार प्रमुख आफैँ संसद्प्रति जबाफदेही हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा जवाफ दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार