Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीको खोजि


    बिहिबार, बैशाख ३१ २०८३
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीको खोजि भएको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुमवासी समस्या र सो क्रममा भएका घटनाहरूको जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका हुन् ।

    बिहीबार बसेको समितिको बैठकमा बोल्दै नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै यस विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्टीकरण दिनुपर्ने जिकिर गरे ।

    ‘सुकुमवासीको समस्या समाधान गर्ने र प्रहरी परिचालन गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो । सुत्केरी र नाबालकमाथि भएको व्यवहारको जवाफ हामीलाई कर्मचारीबाट होइन, गृहमन्त्रीबाटै चाहिन्छ,’ उनले भने ।

    उनले सुकुमवासी बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार