Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो


    बिहिबार, बैशाख ३१ २०८३
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।

    गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

    उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको हो ।

    उनले दिएको अभिव्यक्ति हटाउन हिजो बसेको बैठकमा एमाले सांसद ऐन महरले हटाउन माग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार