काठमाडौँ । संघीय सांसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
बिहान ९:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ ।
परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ ।
त्यसैगरी, बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका विषयमा संवाद गरिनेछ ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्नेछ । बैठकमा काठमाडौँ उपत्यकाभित्रको सुकुम्वासी व्यवस्थापनसम्बन्धी विषयमा केन्द्रित भई छलफल हुने कार्यसूची तय गरिएको छ ।
उपत्यकाको सहरी व्यवस्थापन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका उपायहरूबारे बैठकमा सरोकारवाला निकायसँग परामर्श गरिने संसद सचिवालयले जनाएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend