काठमाडौं । सरकारले उद्योगी, ब्यापारी, निर्माण ब्यवसायीदेखि बैंकरसम्मलाई पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको छ । राज्यको स्वामित्वमा रहेको स्मार्टसेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा एनसेल प्रालिलाई सुम्पने आपराधिक क्रियाकलापमा लागेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गर्न मौखिक अनुमति दिने तत्कालीन संचार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेल र नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलाई सीआईबीले अझै अनुसन्धानमा ल्याउन सकेको छैन । तर, धितो राखेको सम्पत्ति बिक्री गरी कर्जा असुली गर्ने बैंकर पाण्डेलाई सीआईबीले पक्राउ गरेको छ ।
स्मार्ट टेलिकमको लाइसेन्स एनसेललाई बिक्री गर्दा जगदिश खरेल संचारमन्त्री र प्राधिकरणका अध्यक्ष भण्डारी थिए ।
खरेल र भण्डारीले संचार मन्त्रालय अन्तर्गतको सम्पत्ति लिलाम बिक्री गर्ने सार्वजनिक सूचना प्रकाशित गर्दादेखि बिक्री हुँदासमेत रोक्न किन सकेनन् ? एनसेलका मालिक सतिशलाल र सचिनलाल आचार्य दाजुभाइको प्रभावमा परी खरेलले मौन सहमति दिएकाले उनलाई अनुसन्धानको दायरामा नल्याएसम्म सरकारको भूमिका निष्पक्ष देखिन नसक्ने दूरसंचार प्राधिकरणका एक अधिकारी बताउँछन्–‘स्मार्ट टेलिकमको बिक्री प्रकरणमा खरेल चुकेका छन् । मिडियाबिरुद्ध बिषबमन गरे पनि उनी उम्कन सक्ने अवस्था भने देखिँदैन ।’
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गर्ने सूचना निकाल्दा र बिक्री गर्दा समेत रोक्न चासो र सक्रियता नदेखाएकाले मिलेमतो रहेको कुरालाई पुष्टि गरेको छ । जसमा तत्कालीन मन्त्री खरेल र प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी उम्किनै नसक्ने भए पनि उनीहरुलाई सीआईबीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।
बैशाख २१ गते स्मार्ट टेलिकमको खरिद बिक्रीमा संलग्न उक्त कम्पनीका अध्यक्ष सर्बेश जोशी पक्राउ परेका थिए । स्मार्टसेलको लिलाम प्रक्रियामा सहभागी ठेकेदार कम्पनीका संचालक पालिना श्रेष्ठ र नरेन्द्र उलकलाई बैशाख १७ गते सीआईबीले पक्राउ गरेको थियो । उलकले सतिशलाल आचार्यकै निकट ठेक्कापट्टामा संलग्न ब्यक्ति हुन् । सतिशलालकै योजनामा उलकले यूकेमा कम्पनी दर्ता गरेका थिए । स्मार्ट सेलको लिलाम सतिशलालकै योजनाअनुसार भएको तथ्य त्यतिबेला पनि मिडियाले उठाएका थिए ।
नरेन्द्र उलक नेपालमा चिनियाँ एजेन्टको रुपमा परिचित व्यापारीका रुपमा चिनिन्छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का लिएको चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका एजेन्टका रुपमा उलकले करछुटदेखि सबै डिल गरेका थिए । विमानस्थलको लागत १२ अर्बबाट २४ अर्ब पुर्याउँदा सबै नेता र कर्मचारीहरुसँग सेटिङ गर्ने उलक नै रहेको बताइन्छ ।
लिलाम बिक्री नै रहस्यमय
लिलामीका क्रममा तीनवटा कम्पनीले बोलपत्र पेस गरेका थिए । जसमा प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख रुपैयाँ, ट्रान्सगेट टेक प्रालिले ४४ करोड २० लाख रुपैयाँ कबोल गरेकोमा एनसेलले भने बजार मूल्य र अन्य प्रतिस्पर्धीको तुलनामा १० गुणाभन्दा बढी अर्थात् ४ अर्ब ६० करोड रुपैयाँको प्रस्ताव हालेको थियो ।
सोही बोलपत्रको आधारमा इन्भेष्टमेन्ट बैंकले एनसेललाई स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गरेको हो । यसबाट लिलामी प्रक्रियामा मिलेमतो तथा सेटिङ भएको आशंकालाई बल पुगेको थियो ।
बजारमा प्रयोग भइसकेका र लामो समयदेखि सञ्चालनमा नरहेका पुराना उपकरणलाई एनसेलले उच्च मूल्य हालेर खरिद गर्नुको मुख्य उद्देश्य थियो, बैंकको ऋण जसरी पनि मिलाएर राज्यको ७ अर्बभन्दा बढीको बक्यौता नतिर्ने । एनसेलका मालिक सतिशलालले ७ अर्ब नतिर्नकै लागि यस्तो चलखेल गरेका थिए । जसमा तत्कालीन संचार मन्त्री खरेल र प्राधिकरणका अध्यक्षको साथ पाएकाले उनी स्मार्ट टेलिकम बिक्री गराउन सफल भएको घामजत्तिकै छर्लङ्ख छ । प्राधिकरणका अधिकारी भन्छन्– खरेल स्मार्ट टेलिकम बिक्री प्रकरणमा संलग्नता नभएको भनेर उम्कन भने गाह्रो पर्नेछ ।
पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको एनसेल शेयर खरिद बिक्री अध्ययन तथा छानबिन प्रतिवेदन २०८० ले समेत धेरै रहस्य खोलिदिएको छ । शर्माको प्रतिवेदनले एनसेल खरिद गर्ने समूह र स्मार्ट टेलिकम टाट पल्टाउने समूहबीचको सम्बन्धलाई सतहमा ल्याइदिएको छ ।
स्मार्ट टेलिकमले २ वैशाख २०७० मा आधारभूत टेलिफोन सेवाको लाइसेन्स पाएको थियो । जसमा सतिसलाल आचार्य र भावनासिंह श्रेष्ठ आबद्ध कम्पनीहरू (स्क्वायर नेटवर्क, लाल साहु होल्डिङ्स आदि) को मुख्य लगानी थियो ।
पछिल्लो समय सर्वेश जोशीलाई प्रबन्ध निर्देशक बनाइएको भए पनि स्मार्ट टेलिकममा पनि आचार्य परिवारकै आर्थिक स्वार्थ जोडिएको प्रतिवेदनले देखाएको छ । एनसेल र स्मार्ट टेलिकमबीच सतिसलाल समूहको आर्थिक स्वार्थ र लगानी देखिएपछि दूरसञ्चार नियमावली विपरीत क्रस होल्डिङ समेत भएको हुनसक्ने छानबिन समितिको प्रतिवेदनले देखाएको छ ।
सतिसलाल समूहकै कारण स्मार्ट टेलिकमबाट राज्यको अर्बौ दायित्व नतिरी टाट पल्टाइएको र एनसेलको नामबाट स्मार्ट टेलिकमका पुराना उपकरणहरू ४ अर्ब ६० करोडमा किनेको नाटक गरी बैङ्कको ऋण चुक्ता गरेको आशंका गरिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend