काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो ।
अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए ।
यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छलफलअनुसार अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेस गरे । तर प्रमुख प्रतिपक्षी दलले फेरि उठेर विरोध जारी राखे ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा आउन जवाफ दिनका लागि रुलिङको माग गरे ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend