काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् ।
सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाइ राख्न समय दिएका थिए ।
सभामुखको समय पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले पुन नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । साथै उनले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे।
जवाफमा सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिए । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उपस्थित हुने नहुनेबारे तय गर्न सकिने भन्दै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे ।
तर सभामुख अर्यालको आग्रहको विपक्षी सांसदहरूले सुनुवाइ गरेनन् । उनीहरू उठिरहे । यही बिचमा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटी उठेर बोल्ने समय माग गरे । तर सभामुखले उनलाई समय दिएनन् ।
प्रमुख प्रतिपक्ष दलका नेता आङदेम्बेलाई एक मिनेटमा आफ्नो कुरा राख्न समय दिए । तर आङदेम्बेले प्रमुख प्रतिपक्ष दललाई समय तोक्नु गलत भएको भन्दै प्रधानमन्त्रीकै नीति तथा कार्यक्रमको जवाफ दिनुपर्छ भनेर भन्नु गल्ती हो र रु भन्दै प्रश्न गरे ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend