Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विपक्षीको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


    बुधबार, बैशाख ३० २०८३
    355
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्ष दलका सांसदले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो।

    प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो। तर, विपक्षी दलले भने प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका थिए।

    विपक्षी दलले विरोध यथावत राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार