Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ०८१ र ०८३ को नीति तथा कार्यक्रम हुबहु छ, लेख्ने मान्छे एउटै परेछ: ज्ञानेन्द्र शाही


    मंगलबार, बैशाख २९ २०८३
    430
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको २०८३ सालको नीति तथा कार्यक्रम २०८१ सालसँग कसरी हुबहु भयो भनेर प्रश्न गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यति बेला र अहिलेको नीति तथा कार्यक्रम लेख्ने व्यक्ति एकै परेर यस्तो भएको हो कि भनेर भने।

    ुमेरो हातमा दुईवटा किताब छ। एउटा २०८३ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम र अर्को हिजो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको २०८३ सालको नीति तथा कार्यक्रम। यी दुवै हुबहु एउटै छ। अघिल्लोमा २१७ बुँदा छन् भने अहिलेकोमा १०० बुँदा छन्। ११७ बुँदा कम छ। तर दुवै फोटोकपी गरेजस्ता छन्,’ उनले भने, ‘लेख्ने मान्छे एउटै परेर यस्तो भएको हो कि!’

    संसदमा नयाँ युवा अनुहारहरू प्रवेश गर्दा नीति तथा कार्यक्रम पनि फरक हुनुपर्ने तर त्यस्तो नभएको उनले बताए।

    ‘झन्डै १० प्रतिशत मात्र परिवर्तन होला। लेख्ने मान्छे त एउटै रहेछ। पढ्नुस् न घर गएर एकपल्ट, मज्जाले पढ्दा हुन्छ। हुबहु एउटै छ। एक-दुई वटा कुरा फरक छ। तर हामीले व्यापक सुधार हुनुपर्छ भनेका थियौं। किनभने सबै युवाहरू आएका थियौं नि। नयाँ(नयाँ साथीहरू आएका थियौं। पार्टी जुनसुकै होस् तर नयाँ अनुहार छ यहाँ,’ उनले भने।

    उनले नीति तथा कार्यक्रमले विगतमा जस्तै कर्णालीलाई यस पटक पनि उपेक्षा गरेको बताए।

    कर्णाली र कर्णालीका बासिन्दाप्रति माया र संवेदना झल्काउने स्ट्याटस सामाजिक सञ्जालमा लेखेर मात्र त्यो भेगको विकास निर्माणमा वर्षौंदेखि हुँदै आएको विभेद अन्त्य नहुने उनको भनाइ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार