Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • अनलाइन सञ्चारमाध्यम नियमनमा कडाइ गर्न मानव अधिकार आयोगको निर्देशन


    मंगलबार, बैशाख २९ २०८३
    345
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डिजिटल तथा अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन सुनिश्चित गर्न सरकारलाई औपचारिक निर्देशन दिएको छ।

    आयोगले गत शुक्रबार सरकारलाई पठाएको मानव अधिकार संरक्षणसम्बन्धी सुझाव तथा निर्देशनहरूको सूची सार्वजनिक गर्दै विशेष गरी अनलाइन माध्यमको नियमनलाई प्राथमिक प्राथमिकतामा राखिएको जनाएको हो।

    आयोगका अनुसार गलत, भ्रामक तथा मिथ्या सूचनाको प्रसारले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ। तर नियमनका क्रममा अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने गरी स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको पनि आयोगले जोड दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार