Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीले मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहँदैन: प्रचण्ड


    मंगलबार, बैशाख २९ २०८३
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् ।

    प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो ।

    मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै अघि बढ्नसक्ने उनको भनाइ थियो ।

    ‘हाम्रो भू–राजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ । संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अघि जान सक्छौं,’ प्रचण्डले भने, ‘हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन ।’

    उक्त विषयमा ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीको कार्यशैलीमा सबै नेपालको भविष्य जोडिएको टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार