Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४४ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, बैशाख २९ २०८३
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज मंगलबार सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४४ सय रुपैयाँले बढेको हो ।

    आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनको भाउ हिजो तोलामा चारसय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

    गएको आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर २ लाख ९८ हजार ९०० मा झरेको थियो।

    लगातार बढ्दै आएको चाँदीको भाउ आज पनि बढेको छ। तोलामा ३१० रुपैयाँ बढेर चाँदीको भाउ आज ५ हजार ६९५ पुगेको महासंघले जनाएको छ। हिजो चाँदिको भाउ तोलाको ५ हजार ३४० रुपैयाँ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार