Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करी रोकिएको हल्लामात्रै, घुमुवाको सेटिङमा माछादेखि चिनियाँ स्याउको निर्वाध ओसारपसार


    मंगलबार, बैशाख २९ २०८३
    970
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सर्लाहीमा । सरकारले भारतसँग सीमा जोडिएका भन्सार नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामान ल्याउन नपाउने गरी कडाइ गरे पनि सर्लाहीका फेनरा, मधुवनी, बलरा, बहादुरपुरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै संरक्षणमा तस्करी सुचारु रहेका भिडियो क्लीपहरु नेपालफेसलाई प्राप्त भएका छन् ।

    नेपाल प्रहरी र सशस्त्रकै जिल्ला गणका प्रमुखदेखि गुल्म, बीओपी, प्रहरी चौकीका इन्चार्जको संरक्षणमा सर्लाहीका छतौना, मधुवनी, बहादुरपुर, बलरा नाकाबाट बढी तस्करीको लाइन चलेको छ । सशस्त्रको फेनरा गुल्मका गुल्मपति डीएसपी बिष्णुदत्त अवस्थीकै सेटिङमा माछा, कपडा, किराना सामान, पटाकालगायतका सामान नेपाल भित्रन् गरेको छ ।

    चिनियाँ स्याउ, लसुन, काँक्रा र फर्सीको बियाँ, गिटी–बालुवा भारततर्फ तस्करी हुने गरेको छ । डीएसपी अवस्थीले फेनरा गुल्म अन्तर्गतका उल्लेखित नाकाबाट तस्करसँग सेटिङ गर्न सहायक हवल्दार प्रिन्स शर्मालाई घुमुवाका रुपमा खटाएका छन् । १० नम्बर गणका गणपति एसपी अमर खत्रीले गणमा दरबन्दी राखेर असई सुरेश महतोलाई घुमुवाका रुपमा परिचालन गरेका छन् ।

    यसरी भइरहेको भन्सारछलीका सामान ओसारपसार

    सशस्त्र मुख्यालयको ४ बर्षसम्म अनुगमनमा बसेका डीएसपी सुदीप रेग्मीको संरक्षणमा मधेश प्रदेशका बिशेषतः सर्लाही र रौतहटमा तस्करीको नेटवर्क चलाएका घुमुवाहरु सहायक हवल्दार रोशन मिश्र र हवल्दार राजीव यादवले समेत फेनरा क्षेत्रमा तस्करीको सहजीकरण गर्दैआएका छन् । मिश्रको दरबन्दी ३९ नम्बर गण महोत्तरीमा छ । तर उनी बिदा लिएर सीमानाकामा ब्यापारीको सेटिङ गरी सामान ओसारपसारमा सहजीकरण गरिरहेको स्रोतको दाबी छ ।

    राजीव यादवको दरबन्दी पथलैयास्थित प्राविधिक गण पथलैयामा हो । तर उनी पनि सर्लाहीको तस्करीको सहजीकरणमै तल्लीन हुने छुट रेग्मीकै संरक्षणमा पाउँदैआएका छन् ।

    फेनरा गुल्मका छतौना, बहादुरपुर, मधुवनी, बलरा, बीओपी बारामा सशस्त्र मुख्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले सुक्ष्म निरीक्षण गर्ने हो भने सेटिङमा तस्करी भएको तथ्य फेलापर्ने स्रोत बताउँछ ।

    यसरी भइरहेको भन्सारछलीका सामान ओसारपसार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार