सर्लाहीमा । सरकारले भारतसँग सीमा जोडिएका भन्सार नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका घरायसी सामान ल्याउन नपाउने गरी कडाइ गरे पनि सर्लाहीका फेनरा, मधुवनी, बलरा, बहादुरपुरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै संरक्षणमा तस्करी सुचारु रहेका भिडियो क्लीपहरु नेपालफेसलाई प्राप्त भएका छन् ।
नेपाल प्रहरी र सशस्त्रकै जिल्ला गणका प्रमुखदेखि गुल्म, बीओपी, प्रहरी चौकीका इन्चार्जको संरक्षणमा सर्लाहीका छतौना, मधुवनी, बहादुरपुर, बलरा नाकाबाट बढी तस्करीको लाइन चलेको छ । सशस्त्रको फेनरा गुल्मका गुल्मपति डीएसपी बिष्णुदत्त अवस्थीकै सेटिङमा माछा, कपडा, किराना सामान, पटाकालगायतका सामान नेपाल भित्रन् गरेको छ ।
चिनियाँ स्याउ, लसुन, काँक्रा र फर्सीको बियाँ, गिटी–बालुवा भारततर्फ तस्करी हुने गरेको छ । डीएसपी अवस्थीले फेनरा गुल्म अन्तर्गतका उल्लेखित नाकाबाट तस्करसँग सेटिङ गर्न सहायक हवल्दार प्रिन्स शर्मालाई घुमुवाका रुपमा खटाएका छन् । १० नम्बर गणका गणपति एसपी अमर खत्रीले गणमा दरबन्दी राखेर असई सुरेश महतोलाई घुमुवाका रुपमा परिचालन गरेका छन् ।
यसरी भइरहेको भन्सारछलीका सामान ओसारपसार
सशस्त्र मुख्यालयको ४ बर्षसम्म अनुगमनमा बसेका डीएसपी सुदीप रेग्मीको संरक्षणमा मधेश प्रदेशका बिशेषतः सर्लाही र रौतहटमा तस्करीको नेटवर्क चलाएका घुमुवाहरु सहायक हवल्दार रोशन मिश्र र हवल्दार राजीव यादवले समेत फेनरा क्षेत्रमा तस्करीको सहजीकरण गर्दैआएका छन् । मिश्रको दरबन्दी ३९ नम्बर गण महोत्तरीमा छ । तर उनी बिदा लिएर सीमानाकामा ब्यापारीको सेटिङ गरी सामान ओसारपसारमा सहजीकरण गरिरहेको स्रोतको दाबी छ ।
राजीव यादवको दरबन्दी पथलैयास्थित प्राविधिक गण पथलैयामा हो । तर उनी पनि सर्लाहीको तस्करीको सहजीकरणमै तल्लीन हुने छुट रेग्मीकै संरक्षणमा पाउँदैआएका छन् ।
फेनरा गुल्मका छतौना, बहादुरपुर, मधुवनी, बलरा, बीओपी बारामा सशस्त्र मुख्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले सुक्ष्म निरीक्षण गर्ने हो भने सेटिङमा तस्करी भएको तथ्य फेलापर्ने स्रोत बताउँछ ।
यसरी भइरहेको भन्सारछलीका सामान ओसारपसार
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend