काठमाडौं । आज संघीय संसद् अन्तर्गतका विभिन्न ८ वटा संसदीय समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
चालु आर्थिक बर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्था र आगामी आ ब २०८३/८४ को बजेट तयारी सम्बन्धमा पनि छलफल हुँदैछ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विषयगत उपसमिति गठनको विषयमा छलफल गर्ने कार्यसूची छ ।
बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सडक सुरक्षा र मनसुनको समयमा सवारी व्यवस्थापनको विषयमा छलफल हुँदैछ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुँदैछ ।
त्बिहान १० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । जहाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची छ ।
त्यसैगरी, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिकै विषयमा प्रस्तुतीकरण छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ भूमिहीन नागरिकहरूलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गण्डकी प्रदेशमा भएको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend