Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन


    आइतबार, बैशाख २७ २०८३
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता उजुरीसम्बन्धी छानबिन प्रक्रियामा आवश्यक सहकार्य नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ ९क्यान० विरुद्ध आवश्यक कारबाही अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई निर्देशन दिएको छ ।

    मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिएको हो । उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको जनाइएको छ ।

    अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते उजुरी दर्ता भएपछि सो सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरिएको थियो । तर, छानबिनका लागि आवश्यक अभिलेख उपलब्ध गराउने दायित्व पूरा नभएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार