काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।
नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले जनवर्गीय संगठनका इन्चार्ज र सह-इन्चार्ज तोकेको हो। नेकपाका ३२ वटा जनवर्गीय संगठन छन्।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी-३) मा जनवर्गीय संगठनको जिम्मेवारीबारे जानकारी गराइएको छ। अपानीअनुसार, अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी र सह-इन्चार्ज कुमार पौडेल छन्।
त्यस्तै, अखिल नेपाल महिला संगठनको इन्चार्जमा जयन्ती राई र सह(इन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्जमा हितराज पाण्डे, सह-इन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे तोकिएका छन्।
नेकपाले सुरेश आले मगर र पासाङ शेर्पालाई आदिवासी जनजाति महासंघको इन्चार्ज र सह(इन्चार्ज बनाएको छ। इन्जिनियरर्स एसोसिएसनको इन्चार्जमा लेखनाथ न्यौपाने र सह-इन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्जमा विरोध खतिवडा र सह-इन्चार्ज कृष्ण आचार्य छन्।
यसैगरी, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सह(इन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्जमा केशव विष्ट र सह-इन्चार्ज शिव कोइराला तथा जनसाँस्कृतिक महासंघको इन्चार्जमा चेतबहादुर पुन, सह-इन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ तोकिएका छन्।
यस्तै, ट्रेड युनियन महासंघको इन्चार्जमा रामदीप आचार्य र सह(इन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सह(इन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्जमा देवेन्द्र पराजुली र सह-इन्चार्ज भवानी खड्का रहेका छन्। नेकपाले पर्यटन फाँटको इन्चार्जमा पुष्पविक्रम मल्ल र सह-इन्चार्ज अन्जन थापा, पेशागत महासंघको इन्चार्जमा कृष्णध्वज खड्का र सह-इन्चार्ज प्रमेलकुमार खनाल तोकिएका छन्।
नेकपाले सन्तु दराईलाई पूर्व सुरक्षाकर्मी संगठनको जिम्मेवारी दिएको छ भने प्राध्यापक फाँटको इन्चार्जमा दीनानाथ शर्मा र सह(इन्चार्ज प्राडा इन्दु आचार्य तोकिएका छन्। जोगकुमार बरबरिया र रामचन्द्र साह तेलीलाई मधेसी संगठनको इन्चार्ज र सह(इन्चार्ज तोकिएको छ भने मुस्लिम संगठनको इन्चार्जमा महेश्वर गहतराज तथा सह-इन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ छन्।
युवा संगठनको इन्चार्जमा लक्ष्मण केसी तथा सह-इन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ तोकिएका छन्। यस्तै, वैदेशीक रोजगार व्यवसायी संगठनको इन्चार्जमा नागेन्द्र चौधरी र सहइन्चार्ज समिता कार्की रहेका छन्।
विद्यार्थी संगठनको इन्चार्जमा रत्न ढकाल र सह-इन्चार्ज सुदेश पराजुली तथा शिक्षक संगठनको इन्चार्जमा माधव सापकोटा र सह(इन्चार्ज केदार सञ्जेल तोकिएका छन्। नेकपाले प्रकाश ज्वालालाई प्रेस संगठनको इन्चार्ज बनाएको छ भने विष्णु सापकोटा र शम्भु श्रेष्ठलाई सह-इन्चार्ज तोकेको छ।
यसैगरी, सहकारी संगठनको इन्चार्जमा लिलामणि पौडेल, सह-इन्जार्ज शरद रसाइली र उदया शर्मा तोकिएका छन् भने स्वास्थ्यकर्मी संगठनको इन्चार्जमा अन्जना विशंखे र सह-इन्चार्ज भक्तिमान सुब्बा छन्। सुकुम्वासी महासंघको इन्चार्ज नहेन्द्र खड्कालाई तोकिएको छ भने सह-इन्चार्ज केशव दाहाल छन्।
कमला रोकालाई निर्माण व्यवसायी संगठनको इन्चार्ज बनाएको छ भने बीपी खनाललाई उपभोक्ता हित सम्बद्ध संगठनको जिम्मेवारी दिइएको छ। त्यस्तै, मानव अधिकार संगठनको इन्चार्जमा लेखनाथ दाहाल, विपद्सम्बन्धी संगठनको इन्चार्जमा डा.लक्ष्मी ओली, सहिद प्रतिष्ठानको इन्चार्जमा धर्मशीला चापागाईं र सह-इन्चार्ज रामबहादुर भण्डारी छन् भने आईटी फोरमको इन्चार्जको जिम्मेवारी केशव नेपाललाई दिएको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend