काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समसामयिक आवश्यकता अनुरूप प्रभावकारी बनाउन बौद्धिक बहस र अनुसन्धानमूलक अध्ययनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए)को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको परराष्ट्र नीति केवल उच्चस्तरीय भ्रमण, सन्धि वा औपचारिक सम्झौतामा सीमित नरहेको उल्लेख गरे ।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत युवाको अन्तर्राष्ट्रिय अवसरमा पहुँच तथा महामारीजस्ता संकटका बेला औषधि र खोपको उपलब्धता सुनिश्चित गर्नु पनि नेपालको कूटनीतिक प्राथमिकताभित्र पर्ने विषय हुन् ।
मन्त्री खनालले विश्व समुदाय अहिले जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएका अवरोधजस्ता जटिल चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै नेपालले पनि ती विषयलाई ध्यानमा राखेर आफ्नो कूटनीतिक दृष्टिकोण विकसित गर्नुपर्ने बताए ।
उनले औपचारिक कूटनीतिक संयन्त्रले तत्काल सम्बोधन गर्न नसक्ने संवेदनशील विषयहरूमा अनौपचारिक तथा बौद्धिक संवादको आवश्यकता औँल्याउँदै ‘ट्र्याक टू डिप्लोमेसी’ को महत्वमा जोड दिए । यस प्रकारको संवाद विस्तारमा एनसीडब्लुएले सेतुको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
सन् १९४८ मा स्थापना भएको उक्त संस्थाले नेपालको कूटनीतिक बहस र नीति विकास प्रक्रियामा दीर्घकालदेखि सक्रिय योगदान पुर्याउँदै आएको पनि मन्त्री खनालले उल्लेख गरे ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend