काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समसामयिक आवश्यकता अनुरूप प्रभावकारी बनाउन बौद्धिक बहस र अनुसन्धानमूलक अध्ययनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए)को वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको परराष्ट्र नीति केवल उच्चस्तरीय भ्रमण, सन्धि वा औपचारिक सम्झौतामा सीमित नरहेको उल्लेख गरे ।
उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत युवाको अन्तर्राष्ट्रिय अवसरमा पहुँच तथा महामारीजस्ता संकटका बेला औषधि र खोपको उपलब्धता सुनिश्चित गर्नु पनि नेपालको कूटनीतिक प्राथमिकताभित्र पर्ने विषय हुन् ।
मन्त्री खनालले विश्व समुदाय अहिले जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएका अवरोधजस्ता जटिल चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै नेपालले पनि ती विषयलाई ध्यानमा राखेर आफ्नो कूटनीतिक दृष्टिकोण विकसित गर्नुपर्ने बताए ।
उनले औपचारिक कूटनीतिक संयन्त्रले तत्काल सम्बोधन गर्न नसक्ने संवेदनशील विषयहरूमा अनौपचारिक तथा बौद्धिक संवादको आवश्यकता औँल्याउँदै ‘ट्र्याक टू डिप्लोमेसी’ को महत्वमा जोड दिए । यस प्रकारको संवाद विस्तारमा एनसीडब्लुएले सेतुको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
सन् १९४८ मा स्थापना भएको उक्त संस्थाले नेपालको कूटनीतिक बहस र नीति विकास प्रक्रियामा दीर्घकालदेखि सक्रिय योगदान पुर्याउँदै आएको पनि मन्त्री खनालले उल्लेख गरे ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend