काठमाडौँ । कम्बोडियामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे विवरण संकलन गर्दै थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले हालसम्म २११ जना नेपालीसँग सम्पर्क स्थापित गरेको जनाएको छ । स्वदेश फर्किने चाहना व्यक्त गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएको सूचनामा उल्लेख छ ।
दूतावासका अनुसार अनलाइन विवरण संकलनका लागि आह्वान गरिएको फाराम भर्ने क्रममा ती व्यक्तिहरू सम्पर्कमा आएका हुन् । हालसम्म विवरण उपलब्ध गराउने २११ जनामध्ये ९ जना महिला रहेको जनाइएको छ ।
उनीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्मको अवधिमा कम्बोडिया पुगेका देखिएको पनि दूतावासले जनाएको छ । यसैबीच, कम्बोडियाका विभिन्न कारागारमा २७ जना नेपाली विभिन्न कानुनी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी पनि सार्वजनिक गरिएको छ ।
ती मुद्दा प्रक्रियाका क्रममा भाषा सम्बन्धी चुनौती आउन सक्ने भएकाले स्थानीय भाषा जान्ने कानुनी सहायताको आवश्यकता पर्ने दूतावासको भनाइ छ । दूतावासले थप जानकारी दिँदै २५ जना नेपाली हाल स्वदेश फर्कने क्रममा रहेको जनाएको छ ।
यात्रा व्यवस्थापनका सम्बन्धमा दूतावासले यात्रुहरूलाई कनेक्टिङ फ्लाइट भएका टिकट मात्र खरिद गर्न सुझाव दिएको छ ।
सो अनुसार टिकट नलिँदा ट्रान्जिट मुलुकको भिसा अनिवार्य हुन सक्ने, साथै सामान पुनः चेक(इन गर्नुपर्ने जस्ता प्राविधिक जटिलता आउन सक्ने भन्दै यात्रालाई सहज बनाउन यस्तो सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, कम्बोडिया जानुअघि केही नेपालीले २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना पनि प्राप्त भएको दूतावासले जनाएको छ ।

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend