Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित


    शुक्रबार, बैशाख २५ २०८३
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगन भएको छ। सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो।

    नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो।

    मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँदिल्लीले नेपाललाई जानकारी गराएको छ। यद्यपि दिल्लीले भ्रमण सर्नुको वास्तविक कारण भने खुलाएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार