काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँगको औपचारिक संलग्नताबाट अलग भएका छन्।
उनले अब स्वतन्त्र रूपमा रही वैकल्पिक तथा रूपान्तरणमुखी राजनीतिक धारलाई सहयोग गर्ने उद्देश्य राखेको पार्टीलाई जानकारी गराएका छन्।
यस सम्बन्धमा बिहीबार बसेको पार्टी अध्यक्ष परिषद् बैठकले डा। भट्टराईको व्यक्तिगत निर्णयलाई स्वीकार गर्दै उनको आगामी यात्राप्रति शुभकामना व्यक्त गरेको छ।
बैठकको निर्णयमा उल्लेख गरिएअनुसार भट्टराई यसअघि पार्टीका संरक्षकका रूपमा रहेका थिए। उनले कुनै पनि संगठनात्मक जिम्मेवारी नलिई स्वतन्त्र रूपमा राजनीतिक गतिविधि अघि बढाउने चाहना व्यक्त गरेपछि सो निर्णयलाई सम्मान गर्दै पार्टीले सहमति जनाएको हो।
पार्टीले उनको स्वतन्त्र रहने निर्णयलाई वैयक्तिक छनोटका रूपमा स्वीकार गर्दै भविष्यका गतिविधिका लागि शुभकामना दिएको छ।
यसैगरी, पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्यता नै नरहने गरी सार्वजनिक अभिव्यक्ति दिएको प्रसंगमा पनि बैठकमा छलफल भएको थियो। सो सन्दर्भमा उनको आगामी व्यक्तिगत तथा राजनीतिक यात्राप्रति समेत शुभकामना दिने निर्णय गरिएको छ।
बैठकले समसामयिक राजनीतिक अवस्था र गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै वर्तमान राजनीतिक संरचना तथा राज्य व्यवस्थाले मजदुर, श्रमिक तथा उत्पीडित समुदायको हितमा पर्याप्त रूपमा काम नगरेको निष्कर्ष निकालेको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend