काठमाडौं । सरकारले देशभर सार्वजनिक जग्गामा रहेको घर तहरा खाली गराउन थालेपछि भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।
विकल्प बिना बस्ती बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
यसअघि नौ दिनमा काठमाडौंका १६ बस्तीबाट १५ हजार बढी विस्थापित भइसकेका छन् ।
त्यस्तै अवस्था आफ्नै क्षेत्रमा पनि आउने आशंकामा अहिले भूमिहीनहरू आवासको अधिकारको माग गर्दै सडकमा उत्रिएका हुन् । विकल्प बिना बस्ती खाली गराएको भन्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीले बिहीबार बुटवलमा सरकारको विरोधमा ठूलो प्रदर्शन गरे । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेनको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend