Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको असन्तुष्टि, प्रक्रियागत हस्तक्षेपको आरोप


    शुक्रबार, बैशाख २५ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद्को हालैको निर्णय र त्यसअन्तर्गत गरिएको प्रधानन्यायाधीश सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन्।

    उनले संसद् छल्दै जारी गरिएको अध्यादेश र न्यायिक वरीयता उल्लंघन गर्दै गरिएको सिफारिसलाई विधि र संस्थागत प्रक्रिया विपरीतको कदमका रूपमा टिप्पणी गरेका छन्।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गरिनु र न्यायाधीशहरूको वरीयता क्रम तोडेर नियुक्ति प्रक्रिया अघि बढाइनु सरकारको गम्भीर त्रुटि भएको दाबी गरेका छन्।

    उनका अनुसार संवैधानिक प्रक्रियालाई पन्छाउँदै गरिएका निर्णयहरू स्वीकार्य हुन नसक्ने र यसले राज्यका संस्थागत मूल्य कमजोर बनाउने जोखिम रहेको उल्लेख गरिएको छ।

    साम्पाङले हालको सिफारिस प्रक्रियाप्रति टिप्पणी गर्दै वरीयतामा चौथो स्थानमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइनु असामान्य अभ्यास भएको दाबी गरेका छन्। उनका अनुसार यसले न्यायिक प्रणालीभित्रको परम्परा र स्थापित मापदण्डलाई चुनौती दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार