काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद्को हालैको निर्णय र त्यसअन्तर्गत गरिएको प्रधानन्यायाधीश सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले संसद् छल्दै जारी गरिएको अध्यादेश र न्यायिक वरीयता उल्लंघन गर्दै गरिएको सिफारिसलाई विधि र संस्थागत प्रक्रिया विपरीतको कदमका रूपमा टिप्पणी गरेका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गरिनु र न्यायाधीशहरूको वरीयता क्रम तोडेर नियुक्ति प्रक्रिया अघि बढाइनु सरकारको गम्भीर त्रुटि भएको दाबी गरेका छन्।
उनका अनुसार संवैधानिक प्रक्रियालाई पन्छाउँदै गरिएका निर्णयहरू स्वीकार्य हुन नसक्ने र यसले राज्यका संस्थागत मूल्य कमजोर बनाउने जोखिम रहेको उल्लेख गरिएको छ।
साम्पाङले हालको सिफारिस प्रक्रियाप्रति टिप्पणी गर्दै वरीयतामा चौथो स्थानमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइनु असामान्य अभ्यास भएको दाबी गरेका छन्। उनका अनुसार यसले न्यायिक प्रणालीभित्रको परम्परा र स्थापित मापदण्डलाई चुनौती दिएको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend