Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदन किराती श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेता बन्ने


    शुक्रबार, बैशाख २५ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच सहमति भएको हो ।

    बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइने भएको छ । केही समय अघि प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका पूर्व मन्त्री किरातीसहित उनीसँगै अन्य केही नेताहरू पनि श्रम संस्कृतिमा प्रवेश गरेका छन् । उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको बुझिएको छ ।

    यसको औपचारिक घोषणा आज गरिने बताइएको छ । किरातीले गत निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार