काठमाडौं । रास्वपाका बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको स्थापित रोलक्रम मिचिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । राणा शासनपछि प्रधानन्यायाधीश नियुक्तिमा रोलक्रम पहिलो पटक मिचिएको छ ।
यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की नेतृ खुश्बु ओलीले सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको स्थापित रोलक्रम मिचिएकोमा आलोचना गरेकी छन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको आरोप लगाएकी हुन् ।
उनले वरिष्ठतालाई केवल उमेर वा कपाल फुल्नुसँग जोड्ने ‘गलत भाष्य’ सत्तापक्षले स्थापित गर्न खोजेको टिप्पणी गर्दै वरिष्ठता भनेको संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत मापदण्ड भएको उल्लेख गरेकी छन् ।
ओलीले लेखेकी छन्– ‘आज सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाइँदैछन् । स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघाती र खतरनाक दिशातर्फ अगाडि बढ्दैछ ।’
उनका अनुसार सरकारले वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुले संवैधानिक तथा सार्वजनिक नियुक्तिमा गलत नजिर स्थापित गरेको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै ओलीले विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी स्वयं सरकारकै कदमबाट कमजोर बनेको बताइन् ।
उनले भनिन्–‘विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले फेरि एकपटक आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद निर्णायक बन्दै गएको सन्देश यस कदमले प्रवाह गरेको छ ।’

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend