Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेप्सीकोलामा शुभारम्भ भयो मेट्रो अटोको नयाँ शाखा


    बिहिबार, बैशाख २४ २०८३
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको गट्टठाघरमा रहेको होण्डा कम्पनीको मोटरसाईकलको विक्रेता मेट्रो अटो सेन्टरले शाखा विस्तार गरेको छ । मेट्रो अटोले पेप्सीकोलामा ओम शिवशक्ति पेट्रोल पम्प छेउमा नयाँ  शाखा  सञ्चालनमा ल्याएको हो ।
    होण्डा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको बिक्रीका लागि अधिकृत बिक्रेता रहेको मेट्रो अटोले शाखा विस्तारको अवसर पारेर ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । क्याम्पमार्फत पुराना सवारी साधन साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकले आकर्षक सुविधा पाउने व्यवस्था गरिएको मेट्रो अटोका सञ्चालक मिलन सिग्देलले जानकारी दिएका छन् ।
    कम्पनीले सेवा विस्तारसँगै ग्राहकलाई गुणस्तरीय सेवा, सहज पहुँच र उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । हाल कम्पनिले आफ्ना सेवा विस्तारलाई तिव्रता दिइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार