काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका खरेलले आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गरेका छन् । उनले सत्यतथ्यका आधारमा आफूलाई जाँच्न आग्रह गर्दै आफूलाई कुनै डर नभएको उल्लेख गरेका छन् ।
सञ्चारमन्त्रीका रूपमा कार्यरत रहँदा स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमिततामा संलग्न रहेको आशयका समाचार सार्वजनिक भएपछि उनले त्यसप्रति प्रतिक्रिया दिएका हुन् । खरेलले आफूले कुनै रकम हिनामिना नगरेको जिकिर गर्दै भ्रममा नपर्न आफ्ना समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
उनले आफ्नो इमानदारीमाथि प्रश्न उठाउने उद्देश्यले योजनाबद्ध रूपमा राजनीतिक तथा व्यक्तिगत चरित्रमाथि प्रहार गरिएको आरोप पनि लगाएका छन् । साथै, यस विषयमा कानुनी उपचारको बाटो अपनाउने संकेत उनले दिएका छन् ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका खरेल हाल ललितपुर(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend