काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका खरेलले आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गरेका छन् । उनले सत्यतथ्यका आधारमा आफूलाई जाँच्न आग्रह गर्दै आफूलाई कुनै डर नभएको उल्लेख गरेका छन् ।
सञ्चारमन्त्रीका रूपमा कार्यरत रहँदा स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमिततामा संलग्न रहेको आशयका समाचार सार्वजनिक भएपछि उनले त्यसप्रति प्रतिक्रिया दिएका हुन् । खरेलले आफूले कुनै रकम हिनामिना नगरेको जिकिर गर्दै भ्रममा नपर्न आफ्ना समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
उनले आफ्नो इमानदारीमाथि प्रश्न उठाउने उद्देश्यले योजनाबद्ध रूपमा राजनीतिक तथा व्यक्तिगत चरित्रमाथि प्रहार गरिएको आरोप पनि लगाएका छन् । साथै, यस विषयमा कानुनी उपचारको बाटो अपनाउने संकेत उनले दिएका छन् ।
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका खरेल हाल ललितपुर(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend