काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाकासमेत अघि सारेका हुन् ।
बास्कोटाले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह (पालिका)गरी दुई तहको मात्र सरकार हुनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको तिनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्र बलियो बनाउनुपर्ने बताएका छन् ।
यसैगरी, व्यवस्थापिकाको संरचनामा ठुलो फेरबदलको वकालत गर्दै बास्कोटाले राष्ट्रिय सभाको सदस्य संख्या १०५ सिट बनाउनुपर्ने र त्यसमा महिला तथा पुरुषको प्रतिनिधित्व पूर्ण रूपमा समान अर्थात् ५०/५० प्रतिशत हुनुपर्ने धारणा राखेका छन्। उनले नयाँ व्यवस्थामा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्ने कानुनी प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको संरचनाबारे चर्चा गर्दै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरेका छन्। समानुपातिक सिट हटाएर प्रत्यक्ष निर्वाचन मात्र गराउनुपर्ने र त्यसमा महिला ४० प्रतिशत तथा पुरुष ६० प्रतिशत उठ्ने गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको मत छ।
यसका साथै जिल्ला समन्वय समिति (जिसस)को कुनै औचित्य नरहेको भन्दै बास्कोटाले यसलाई खारेज गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend