काठमाडौँ। कीर्तिपुरमा आज दिनदाहाडै धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बुधबार दिउँसो धारिलो हतियार प्रहार गरी गुल्मीको धुरकोटका विपिन घिमिरेको हत्या गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
बुधबार दिउँसो सवा २ बजेतिर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरू विपिनको चिनजानकै रहेको भट्टराईले बताए। उनीहरू यसअघि पनि पक्राउ परेर छुटेको अभिलेख प्रहरीले फेला पारेको छ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९, हनुमान घाटका २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई हाल कीर्तिपुर नगरपालिका-२ ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका-४ घर भई कीर्तिपुर-१० पाँगादोबाटो बस्ने २३ वर्षीय रविन धामी रहेका छन्।
मृतक २४ वर्षीय घिमिरे पनि कीर्तिपुर-३ मा बस्दै आएका थिए। साथीसाथी बीचमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको एसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend