Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी युवकको हत्या


    बुधबार, बैशाख २३ २०८३
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

    गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।

    हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार