Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति, उपाध्यक्षमा को-को भए निर्वाचित ?


    बुधबार, बैशाख २३ २०८३
    540
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।

    विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतस् पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

    महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।

    उपाध्यक्षमा को–को निर्वाचित?

    यस पटक जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमशस् ८७ र ८० मत पाए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमशस् ५७ र ३४ मत पाए ।

    वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । जसमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार