Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्णबहादुरलाई भेट्न गगन-विश्व पुगे गल्फुटार


    बुधबार, बैशाख २३ २०८३
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका हुन् ।

    सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका साथ खड्का निवास पुगेका थिए । उनीहरू बीच साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए ।

    यसअघि मंगलबार बेलुकी हुने भनिएको भेटघाट अन्तिम समयमा स्थगित भएको थियो । त्यसअघि सभापति थापाले बिहान नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए ।

    सभापति थापाले ६ वैशाखमा पनि गल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका थिए । दुई नेताबीच भएको भेटवार्ताबारे अहिलेसम्म केही खुलाइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार