Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर अस्पतालका निर्देशक दिलिप शर्माले दिए राजीनामा


    बुधबार, बैशाख २३ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलिप शर्माले राजीनामा दिएका छन् । डा.शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन् । यद्यपी स्वास्थ्य मन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छैन ।

    सरकारले यसअघि भएका नियुक्ति खारेज गर्न अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल)का पदाधिकारी पदमुक्त भइसकेका छन् ।

    अध्यादेशका आधारमा उनी पदमुक्त भने भएका थिएनन् । तर, सरकारले ल्याएको अध्यादेशको मर्मअनुसार आफूले राजीनामा दिएको डा.शर्माले बताए । डा. शर्माले समेत राजीनामा दिएपछि वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार