Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन: मतगणना जारी, उपाध्यक्षमा कस्ले मार्ला बाजी ? 


    बुधबार, बैशाख २३ २०८३
    270
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना कार्य जारी रहेको छ ।

    नयाँ नेतृत्वका लागि काठमाडौँमा सम्पन्न मतदान प्रक्रियापश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको हो ।

    महासंघको वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि भएको यस निर्वाचनमा विभिन्न प्यानल बनाएर उद्योगी व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

    निर्वाचन समितिले दिएको जानकारीअनुसार हाल विभिन्न क्लस्टरतर्फको मतगणना भइरहेको छ र परिणामहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको छ ।

    निर्वाचनमा देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार