Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भैरहवाको रोयल क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित १९ जना पक्राउ


    बुधबार, बैशाख २३ २०८३
    330
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित यो क्यासिनोमा कानूनविपरीत नेपाली सहभागी भएको सूचनाका आधारमा प्रहरीले छापा मारेर म्यानेजरसहित १९ जना नेपाली पक्राउ गरेको हो ।

    सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

    मंगलबार राति क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको र उनीहरुको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको उनले बताए ।

    पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार