डोल्पा । डोल्पामा यार्सागुम्बा संकलनका लागि आगामी १० जेठदेखि यार्सापाटनहरू खुला गरिने भएको छ ।
जिल्लाको सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले आगामी १० जेठदेखि जिल्लाका सबै पाटनहरू खुला गर्ने निर्णय गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए ।
उनका अनुसार यार्सागुम्बा संकलनका लागि शे(फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुल्ला गरिने छ ।
यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ । जसअनुसार निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय ‘क वर्ग’ , डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार ‘ख’ वर्ग र जिल्ला बाहिरकालाई तीन हजार ‘ग’ वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।
मध्यवर्ती क्षेत्र र जिल्ला भित्रका बासिन्दालाई प्रवेश शुल्कको लागि अनिवार्य परिचयपत्र देखाउनु पर्नेछ । ‘ग’ वर्गकालाई भने प्रवेश शुल्क लाग्ने छ । यार्सा संकलनका लागि ५,६,७ जेठमा सम्बन्धित पाटनका क्षेत्रमा शुल्क तिर्नु पर्नेछ ।
यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निशेध गरिने समेत निकुञ्जले जानकारी दिएको छ ।
आज बसेको बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरी परिचालन गर्ने समेत निर्णय गरिएको प्रमुख सेनले बताए।
पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मितिअगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने छ । प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौं सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन् ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend