काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
महालेखाले अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्र पठाएको हो ।
अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको पत्रमा उल्लेख छ ।
हरेक १५ दिनमा तलब भुक्तानीको व्यवस्था हाललाई संघीय सरकार अन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि परीक्षणका रूपमा रहेको प्रवक्ता सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जानकारी दिए ।
यो नियम हाल संघीय कर्मचारीलाई मात्र परीक्षणको रूपमा रहेको भन्दै प्रदेश र स्थानीय सरकारको हकमा तत् निकायले अघि बढाउन सक्ने उनको भनाइ छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend