Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने 


    मंगलबार, बैशाख २२ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका हुन् ।

    बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकका लागि एजेन्डा तय हुन बाँकी छ ।

    कांग्रेस सांसद गंगालक्ष्मी अवालले बैठकका लागि सूचना आएको र एजेन्डाबारे केही नबताइएको जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार