काठमाडौ । नेपाल उद्योग बाणिज्य महासङ्घको ६० औ साधारणसभा सोमबारदेखि सुरु भएको छ । यो साधारणसभाले महासङ्घको नेतृत्त्व चयन समेत गर्दैछ । यसैक्रममा महासङ्घमा बस्तुगत संघको तर्फबाट उपाध्यक्षयमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन । श्रेष्ठ टेरामक्स खरिद प्रकरणमा भ्रस्टाचार मुद्दा खेपिरहेका नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतनिकट ब्यबसायी हुन् । उनी बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका पनि निकट हुन ।
बालकृष्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा छन भने मोहन बस्नेत भ्रष्टाचार मुद्वा खेपिरहेका छन् । मोहन र बालकृष्णको आडमा एक कालखण्डमा सिन्धुपाल्चोकको तातोपानी नाकामा हैकम चलाउने गरेको आरोप छ ।
मोहन बस्नेतकै आडमा श्रेस्ठ निर्यात समिति सहित दुई समितिमा तीन कार्यकाल पूरा गरिसकेका र निर्यात र आयात समितिका अध्यक्ष समेत हुन सफल भएका छन ।
उद्योग बाणिज्य महासघमा जो अध्यक्ष हुँदा पनि राजनीतिक दबाब, प्रभाव र सेटिङ मिलाउने कलामा निपुण श्रेष्ठले निर्यात समितिमा तीन कार्यकाल सदस्य भएको फाइदा उठाएर ह्यण्डीक्राफ्टको सामान युरोपमा तस्करी गर्ने गरेको आरोप छ ।
नेपाल क्यान्सर हस्पिटल, अल इन एक्सप्रेस, सिन्धु विकास बैंक, मध्ये भाेटेकाेशी हाइड्रोपावरसहित पानीपोखरी, टङ्गालसहितका स्थानमा दुई तीन वटा हाेटल समेत गरी अरबौ सम्पत्तिका मालिक भएका छन् । उनका भीमसेनगोलादेखि काठमाडौका विभिन्न ठाउँमा घर समेत छन् । सरकारले राजनीतिक नेताहरुको सम्पत्ती छानबिन गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ । पुर्व मन्त्री मोहन बस्नेत सम्पत्ती छानबिनको हिटलिस्टमा छन् । उनीसग जोडिएका नरेशलाल श्रेष्ठ पनि छानबिनको दायरामा आउन सक्छन् । तर तिनै छानबिन गर्नुपर्ने श्रेष्ठलाई चन्द्र ढकाल समुहले महासघको उपाध्यक्षमा बनाएको छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend