काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउन राजनीतिक दलका सचेतकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूसँग भएको छलफलका क्रममा सभामुख अर्यालले जनअपेक्षाअनुसार संसद्लाई प्रभावकारी बनाउँदै परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन्।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सो जानकारी दिएका छन्।
बैठकमा संसद् सञ्चालनमा देखिएका चुनौती समाधान गर्दै संसदीय अभ्यासलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। साथै संसद्को कार्यप्रणाली र परम्परागत अभ्यासलाई समयसापेक्ष सुधार गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको उनले जानकारी दिए।
सचेतकहरूले संसद् सचिवालय र सभामुखसँग समन्वय बढाएर कार्यसम्पादनलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
संसद्को प्रारम्भिक चरणमा देखिएका व्यवस्थापकीय समस्या समाधानका लागि सचिवालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। साथै दलका सचेतकमार्फत पार्टीभित्र अनुशासन, प्रशिक्षण र जिम्मेवारी वहनलाई प्रभावकारी बनाउन सभामुखले निर्देशन दिएका छन्।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend