Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद्का गतिविधि नतिजामुखी बनाउन दलका सचेतकलाई सभामुखको आग्रह


    सोमबार, बैशाख २१ २०८३
    320
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउन राजनीतिक दलका सचेतकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।

    सोमबार सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूसँग भएको छलफलका क्रममा सभामुख अर्यालले जनअपेक्षाअनुसार संसद्लाई प्रभावकारी बनाउँदै परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन्।

    छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सो जानकारी दिएका छन्।

    बैठकमा संसद् सञ्चालनमा देखिएका चुनौती समाधान गर्दै संसदीय अभ्यासलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। साथै संसद्को कार्यप्रणाली र परम्परागत अभ्यासलाई समयसापेक्ष सुधार गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको उनले जानकारी दिए।

    सचेतकहरूले संसद् सचिवालय र सभामुखसँग समन्वय बढाएर कार्यसम्पादनलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    संसद्को प्रारम्भिक चरणमा देखिएका व्यवस्थापकीय समस्या समाधानका लागि सचिवालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। साथै दलका सचेतकमार्फत पार्टीभित्र अनुशासन, प्रशिक्षण र जिम्मेवारी वहनलाई प्रभावकारी बनाउन सभामुखले निर्देशन दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार