Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • दिपक भट्टलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश


    सोमबार, बैशाख २१ २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतले प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी दिपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले भट्टलाई अदालत उपस्थित गराउन आदेश दिएको हो।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले भट्टराई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेपछि उनकी श्रीमती आयुष्मा नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

    रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भट्टलाई पक्राउ गर्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो। काठमाडौं जिल्ला अदालत ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ,केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरलाई रिटमा विपक्षी बनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार